मञ्‍चमै शेरबहादुर-रामचन्द्र भनाभन, कार्यकर्ताबीच हाँसो

कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भनाभन भएको छ।

Advertisement 1

निजामती कर्मचारी युनियन संघको शुक्रबार काठमाडौंमा गरिएको विधान अधिवेशन उद्घाटनका क्रममा प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई हटाउने कुरामा देउवाले अग्रसरता नलिएको भन्दै पौडेलले आक्रोश पोखेका थिए।

मञ्चमा भाषण सकेर झरेपछि पौडेलले देउवाको मुखमै औँला लैजाँदै वादविवाद गरे। देउवा पनि पौडेलले आफूलाई इंगित गर्दै ओलीसँग मिलेको आरोप लगाएपछि आक्रोशित थिए। उनले मञ्चमा पुगेर पौडेलले बोलेपछि आफू पनि बोल्न बाध्य भएको बताए।

Advertisement 2

दुई नेताबीच भनाभन चल्दा कार्यकर्तामा हल्लीखल्ली भएको थियो। मञ्चबाट भाषण सकेर आएपछि देउवासँग उभिएरै भनाभनमा उत्रिएका पौडेल बसेर पनि विवाद गरिरहे। मञ्चमा आफ्नो सिटसँगै बसेका विमलेन्द्र निधिसँग कुरा गर्न थालिरहेका पौडेलसँग उनको कुरालाई लिएर देउवाले प्रतिवाद गरिरहे। त्यसपछि पनि पौडेल देउवा भनाभन चलिरह्यो। पार्टीका शीर्ष नेताले मञ्चमा वादविवाद गर्दा कार्यक्रममा सहभागी हाँसेका थिए । प्रमुख अतिथीका रुपमा कार्यक्रममा पुगेका नेताबीच वादविवाद हुँदा कार्यक्रम उद्घोषकले भने यो नेताबीचको छलफलमात्र भएको भन्दै सहजीकरण गरिरहेका थिए ।

 

प्रकाशित :२०७७ चैत्र २७, शुक्रबार १६:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry