काठमाडौ उपत्यकाबाट दैनिक १ लाख बाहिरिँदै

काठमाडौं। काठमाडौं उपत्यकाबाट बडादसैँ मनाउन दैनिक १ लाखको हाराहारीमा मानिस बाहिरिन थालेका छन्।

Advertisement 1

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको छ।

विगत तीन दिनदेखि दैनिक एक लाखको हाराहारीमा यात्री उपत्यकाबाट बाहिरिएका बताउँदै उनले भने, ‘आइतबार र सोमबारको तुलनामा मंगलबार र आज बुधबार यात्रा गर्नेको संख्या बढेको छ।’

Advertisement 2

दैनिक सरदर ३० हजार मानिस राजधानी प्रवेश गरेका छन्। नायब उपरीक्षक कार्कीले बसपार्क, कलंकी, बल्खु, कोटेश्वर र सीतापाइलामा सवारी र यात्रीको बढे पनि गत वर्षको दसैँमा जस्तो नाका पार गर्न घण्टौँ प्रतीक्षा गर्नु नपर्ने जानकारी दिए।

हाल अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र दक्षिणकाली–हेटाैंडा र कान्ति राजमार्ग भएर यात्रीहरू आफ्ना गन्तव्यतर्फ प्रस्थान गरेका छन्।

प्रकाशित :२०८१ आश्विन २३, बुधबार १०:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry