प्रधानमन्त्री उद्धार कोषमा सत्तारुढ कांग्रेस र एमालेको ५०-५० लाख सहयोग

काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले ५०-५० लाख रुपैयाँ सहयोग गरेका छन्।

Advertisement 1

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी ५० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे।

त्यस्तै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतले पनि प्रधानमन्त्री ओलीलाई उक्त कोषका लागि ५० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन्।

प्रकाशित :२०८१ आश्विन २०, आईतवार १६:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry