८ सय रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य ८ सय रुपैयाँ प्रतितोलाका दरले बढेको हो।
Advertisement 1
बुधबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ८ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। यसअघि मंगलबार सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँका दरले कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्य पनि बुधबार १० रुपैयाँ प्रतितोलाका दरले बढेको महासंघले जानकारी दिएको छ। मंगबार प्रतितोला १९ सय २५ रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि १९ सय ३५ रुपैयाँ तोकिएको छ।
									
										प्रकाशित  :२०८१ आश्विन १६, बुधबार १०:३२																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

 
								

 
										



 
 
                             
 
                             
 
                             
 
                             
 
                            


 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                