सुनको मूल्यमा नयाँ कीर्तिमान
काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। हिन्दु नारीहरुको महत्त्वपूर्ण पर्व हरितालिका तीजको रमझम चलिरहेको बेला सुनको मूल्यले नयाँ उचाइ कायम गर्दै नयाँ कीर्तिमान बनाएको हो।
Advertisement 1
शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
महासंघका अनुसार शुक्रबार सुनको मूल्य बिहीबारको तुलनामा प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको छ। यसअघि बिहीबार छापावाल सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो।
Advertisement 2
यसअघि सुनको मूल्य यही भदौ १२ गते १ लाख ५३ हजार १ सय रुपैयाँ र १३ गते १ लाख ५३ हजार २ सय रुपैयाँका दरले कारोबार भएको थियो।
शुक्रबार चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेको छ। बिहीबार प्रतितोला १ हजार ७६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबारका लागि १ हजार ७९५ रुपैयाँ निर्धारण गरिएको महासंघले जानकारी दिएको छ।