सुनको मूल्यमा नयाँ रकेर्ड

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले नयाँ रकेर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च पुगेको हो।
Advertisement 1
शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ कायम गरिएको छ। यसअघि यही साउन २ गते सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
साउन २ गतेको तुलनामा शुक्रबार १ सय रुपैयाँ बढी पुग्दै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो। यसअघि बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
Advertisement 2
त्यस्तै, चाँदीको मूल्य बिहीबार प्रतितोला १ हजार ७५० रुपैयाँमा कारोबार भएकामा शुक्रबारका लागि १ हजार ७९५ रुपैयाँ कायम गरिएको छ।
प्रकाशित :२०८१ श्रावण १८, शुक्रबार ११:१९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%