सुनको मूल्य १ हजार रुपैयाँले बढ्यो

काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएकामा आज आइतबारका लागि १ लाख ४५ हजार ७ सय निर्धारण गरिएको छ।

शुक्रबार प्रतितोला १ लाख ४४ हजार रुपैयामा कारोबारभएको तेजावी सुन आजका लागि १ लाख ४५ हजार रुपैयाँ निर्धारण गरिएको छ।

Advertisement 2

त्यस्तै चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले वृद्धि भएको छ। शुक्रबार प्रतितोला १ हजार ७ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि १ हजार ७ सय ४० निर्धारण गरिएको छ।

प्रकाशित :२०८१ श्रावण १३, आईतवार ११:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry