६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो।
Advertisement 1
बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँ तोकिएको छ। यसअघि मंगलबार १ लाख ३७ हजार ६ सय रुपैयाँमा छापावाल सुनक कारोबार भएको थियो।
त्यस्तै मंगलबार १ लाख ३६ हजार ९५० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको तेजावी सुन बुधबारका लागि १ लाख ३७ हजार ५५० रुपैयाँ कायम भएको छ।
Advertisement 2
पछिल्लो समय चाँदीको मूल्य पनि निरन्तर बढिरहेको छ। सोमबार प्रतितोला १ हजार ८८० रुपैयाँका दरले कारोबार भएको चाँदी मंगलबार प्रतितोला १ हजार ९२० रुपैयाँ र बुधबार प्रतितोला १ हजार ९ सय ३० रुपैयाँका दरले कारोबार भइरहेको छ।
									
										प्रकाशित  :२०८१ जेष्ठ १६, बुधबार ११:४०																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

 
								

 
										



 
 
                             
 
                             
 
                             
 
                             
 
                            


 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                