आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट संघीय संसद्‍मा पेस गरिँदै

काठमाडौं। आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट आज मंगलबार संसद्‌मा पेस हुँदैछ। अर्थमन्त्री वर्षमान पुनले दिउँसो १ बजे आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।

Advertisement 1

नेपालको संविधान २०७२ को धारा ११९ अनुसार अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्षको सम्बन्धमा संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राजस्वको अनुमान, संघीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकम र संघीय विनियोजन ऐनबमोजिम व्यय हुने आवश्यक रकम खुलाई वार्षिक अनुमान पेस गर्नुपर्नेछ।

यसरी वार्षिक अनुमान पेस गर्दा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याएको खर्चको रकम र त्यस्तो खर्चअनुसारको लक्ष्य हासिल भयो वा भएन त्यसको विवरण पनि साथै पेस गर्नुपर्ने व्यवस्था छ। राजस्व र व्ययको अनुमान प्रत्येक जेठ महिनाको १५ गते संघीय संसद्‌मा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

प्रकाशित :२०८१ जेष्ठ १५, मंगलवार ११:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry