सिंहदरबारको कोठा नम्बर ४१३ मा बैठक बस्दै
राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज सिंहदरबारमा बस्दै छ । बैठक आज (बुधबार) बिहान ११ बजे सिंहदरबारको कोठा नम्बर ४१३ मा बस्नेछ ।
Advertisement 1
प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकमा सातै प्रदेशका मुख्यमन्त्री, मुख्यसचिव, योजना आयोगका प्रतिनिधि, मन्त्रालयका सचिवहरु तथा नगरपालिका संघ, गाउँपालिका महासंघका प्रतिनिधिहरु सहभागी हुनेछन् । बैठकमा गत असारमा पोखरामा बसेको परिषदको पहिलो बैठकका निर्णयको समीक्षा र कार्यविस्तृतीकरणलाई अन्तिम रुप दिने विषयमा छलफल हुने छ ।
पोखरा बैठकले संघीयता कार्यान्वयनको क्रममा संघ, प्रदेश र स्थानीय तहबीच देखिएका क्षेत्राधिकारका विवाद लगायतका समस्या ६ महिनाभित्र हटाउने लगायतका निर्णय गरेको थियो ।
Advertisement 2
प्रकाशित :२०८० माघ २४, बुधबार १०:३८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%