निमित्त हाकिमको ज्यादती,बढुवा भएका कर्मचारीले ५ महिना बित्दा समेत पाएनन् नियुक्ति
राष्ट्रिय बिमा कम्पनीको कामु सिइओको जिम्मेवारीमा छन्, महेश रिमाल । उनैको सिए साबको ज्यादतीले सीमा नाघेको भन्दै त्यहाँका कर्मचारीले इकर्मचारी डटकमसँग पीडा पोखेका छन् । राष्ट्रिय बिमा संस्थान कम्पनीमा परिणत भएसँगै सञ्चालक समितिको पहिलो बैठकले कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा उनलाई तोकिएको थियो गत कार्तिक २१ गतेदेखि ।
Advertisement 1
राष्ट्रिय बीमा संस्थानबाट कम्पनीमा परिणत भएको सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी ५ महिनादेखि निमित्तको भरमा चलिरहेको छ । कम्पनीबाट तत्कालिन प्रशासक कवि पाठक बाहिरिएसँगै सञ्चालक समितिको पहिलो बैठकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा महेश रिमाललाई नियुक्त गरेको छ ।
सिए समेत रहेका रिमाल यसअघि संस्थानको नायब महाप्रबन्धक थिए । उनकै कारण त्यहाँका दर्जनौ कर्मचारीहरु मर्माहत हुन पुगेका हुन ।
Advertisement 2
लोकसेवा आयोगको सहमति र पदपूर्ति समितिको निर्णयअनुसार कार्यसम्पादन मूल्यांकनबाट बढुवा सिफारिस भएका कर्मचारीलाई नियुक्ति नदिई अन्याय गरिरहेको गुनासो ती कर्मचारीहरुले इकर्मचारी डटकमसँग पोखेका छन्। गत वर्ष चैत १६ मा लोकसेवाले सहमति दिएसँगै नवौं तहमा बढुवा सिफारिस भएका शारदा पाण्डेय लोहनी, दीपा अधिकारी, विन्दु शर्मा, शैलेन्द्र कोजु, चुडाराम अधिकारी, दिनेश गौतम र सुलक्षणा पण्डित सिफारिस भएका थिए । यस्तै कासमूबाट चौथो तहमा बढुवाका लागि सिफारिस भएका १६ कर्मचारीमध्ये अधिकांशलाई ५ महिनादेखि जिम्मेवारीसमेत दिइएको छैन ।
पाँच महिना अगाडि नै बढुवा भएका कर्मचारीले अहिलेसम्म नियुक्ति नपाउँदा उनीहरु मर्माहत भएका छन । निमित्त सिइओ रिमालसँग आगो भएका छन् ।