राष्ट्रिय सभा निर्वाचन आज

राष्ट्रिय सभा सदस्यको रिक्त हुन लागेको १९ पदका लागि आज मतदान हुँदैछ । आगामी फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदमा आज निर्वाचन हुन लागेको हो । एक पद राष्ट्रपतिबाट मनोनयन हुनेछ ।

Advertisement 1

मतदान बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुनेछ । निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनमा सात प्रदेशमा १९ पदका लागि आठ राजनीतिक दलबाट ५१ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनबमोजिम प्रदेश सभा सदस्य र पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष सम्मिलित निर्वाचक मण्डलले राष्ट्रिय सभा सदस्य निर्वाचित गर्ने छ । प्रदेश सभा सदस्यतर्फ ५४९ मतदाता छन् । पालिकातर्फ एक हजार ४९८ मतदाता छन् । यसरी राष्ट्रिय सभा सदस्य निर्वाचनमा कुल दुई हजार ४७ जना मतदाताले १९ सदस्यलाई निर्वाचित गर्ने छन् । प्रदेश सभा सदस्यको मतभार ५३ र पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको मतभार १९ कायम गरिएको छ । सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ ।
निर्वाचनका लागि कुल दुई हजार ४७ मतदाता रहेका छन् । जसमध्ये कोसीमा कुल ३६७ मतदाता छन् । मधेसमा ३७४, वाग्मतीमा ३४७ मतदाता रहेका छन् । गण्डकीमा २३०, लुम्बिनीमा ३०५, कर्णालीमा १९६, सुदूरपश्चिममा २२८ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

Advertisement 2

 

प्रकाशित :२०८० माघ ११, बिहीबार ०६:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry