कामना सेवा र हातेमालो फाइनान्स सर्भिसबिच सम्झौंता

कामना सेवा विकास बैंक र हातेमालो फाइनान्स सर्भिस प्रालिबीच सम्झौंैता भएको छ । दुबै संस्थाबिच ‘फाइभ इन वन’ सेवा सम्वन्धी सम्झौंता भएको हो ।

Advertisement 1

बैंकले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त ब्रोकर कम्पनी हातेमालोसँग सम्झौता गरी ‘फाइभ इन वन सेवा’ सार्वजनिक गरेको हो । सम्झौता पश्चात् बैंकका ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि–आस्वा र मेरो सेयर लगायतका सुविधा हातेमालोबाट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुलाई सरल रुपमा सेयर कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले यस्ता सेवाहरु उपलब्ध गराइएको बैंकले जनाएको छ ।

काठमाडौंस्थित, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानमा एक सय ३५ वटा सञ्जाल, २१ शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटीएममार्फत् सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रकाशित :२०८० मंसिर २५, सोमबार १४:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry