‘हिमालको आह्वान : जलवायु सङ्कटबाट हामीलाई कसले बचाउँछ ?’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पर्वतीय एजेन्डालाई प्रवर्द्धन गर्न ‘हिमालको आह्वान : जलवायु सङ्कटबाट हामीलाई कसले बचाउँछ’ शीर्षकको उच्चस्तरीय सत्रलाई सम्बोधनसहित अध्यक्षता गरेका छन् । नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घको कार्यक्रममा छुट्टै कार्यक्रमको अध्यक्षता गरेको यो पहिलो पटक हो । बैठकलाई राष्ट्रसङ्घ महासचिव एन्टोनियो गुटेरेसले समेत सम्बोधन गरेका थिए ।
Advertisement 1
बैठकमा नेपालदेखि अन्टार्टिकासम्म देखिएको जलवायु परिवर्तनको असर र मानव जीवनमा यसले पारेको नकारात्मक प्रभावबारे विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूमा आबद्ध विज्ञले प्रस्तुति दिएका थिए ।
यसैबीच, बिहीबारदेखि सुरु सम्मेलनको दोस्रो दिन हिजो हानी नोक्सानी कोष औपचारिक रूपमा स्थापना गरिएको छ । जलवायु परिवर्तनको ठूलो असर भोगिरहेका मुलुकलाई सहयोग गर्न कोष स्थापना गरिएको हो । युएईएको नेतृत्वमा धेरै मुलुकहरूले कोषमा आफ्नो आर्थिक प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री दाहालले सम्मेलनमा विश्व जलवायु कार्य शिखर सम्मेलनको उच्चस्तरीय सत्रलाई समेत आज सम्बोधन गर्दै छन् ।