धुम्बाराहीमा नेकपाको बोर्ड झिकेर एमालेको बोर्ड राखियो


सर्वोच्च अदालतको फैसलासँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताएपछि पार्टी कार्यालयमा पनि आ आफ्नै बोर्ड राख्न सुरु गरिएको छ ।तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यलय धुम्बाराहीमा नेकपा एमालेको बोर्ड लगाइएको छ ।

Advertisement 1

मंगलबार नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड लगाइएको हो । आइतबार सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएपछि सोमबार विभिन्न जिल्लामा पार्टी कार्यालयमा एमालेको बोर्ड लगाउने क्रम शुरु भएको थियो ।

साथै एमालेको पार्टी कार्यालयले देशभरका आफ्ना कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिएको बताइएको छ ।

प्रकाशित :२०७७ फाल्गुन २५, मंगलवार १२:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry