एभरेष्ट बैंकको नाफामा छलाङ

एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

Advertisement 1

समीक्षा अवधिसम्म बैंकले ३ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले २ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा बैंकको नाफा ३६.८५ प्रतिशतले बढेको हो।

बैंकको वितरणयोग्य नाफा पनि बढेर ४ अर्ब ३३ करोड ३२ लाख ५ हजार रुपैयाँ पुगेको छ । बैंकको हाल कायम चुक्ता पुँजी १० अर्ब ६९ करोड ८० लाख ९४ हजार रुपैयाँ रहेको छ । यस वर्ष बैंकले आफ्ना सेयरधनीहरुलाई ४०।५० प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको छ । यो अन्य बैंकहरुको तुलनामा उच्च हो ।

Advertisement 2

बैंकले जगेडा तथा कोषमा पनि १० अर्ब २२ करोड ७३ लाख ४९ हजार रुपैयाँ राखेको छ । बैंकको खराब कर्जा पनि १ प्रतिशतभन्दा कम छ । हाल बैंकसंग शून्य दशमलव ७९ प्रतिशत मात्रै खराब कर्जा छ ।

प्रकाशित :२०८० श्रावण २१, आईतवार ०८:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry