सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो


सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच औपचारिक वार्ता सुरु भएको छ।

Advertisement 1

दुई पक्षबीच एक घण्टाअघि काठमाडौंकै कुनै ठाउँमा वार्ता सुरु भएको हो। दुबै पक्षको वार्ता टोलीबीच बुधबार विहान पहिलो चरणको वार्ता भएको हो । स्रोतले भन्यो, ‘आजको वार्ता सकिएको छ, उहाँहरु फेरि बस्ने गरी उठ्नु भएको छ ।’

हिसांत्मक गतिविधि गरिरहेको विप्लव समूहसँग वार्ता गर्न सरकारले मंगलबारै गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा २ सदस्यीय वार्ता टोली गठन गरेको थियो भने सोही दिन विप्लव समूहले पनि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने दीपक रहेका २ सदस्यीय वार्ता टोली गठन गरेको थियो। वार्ता स्थान गोप्य राखिएको छ ।

प्रकाशित :२०७७ फाल्गुन १९, बुधबार ११:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry