ब्रोइलरको मूल्यले रेकर्ड तोड्यो, कुखुराको मासु किलोमै ६० रुपैयाँ महंगो

ब्रोइलर कुखुराको मूल्यले अहिलेसम्मकै रेकर्ड तोडेको छ। जिउँदो ब्रोइलरको मूल्य बढेसँगै तयार मासुको मूल्य ४६० रुपैयाँसम्म पुगेको छ ।

Advertisement 1

जबकि ४ वैशाखमा प्रतिकिलो कोल्ड स्टोर मूल्य २८० रुपैयाँ हुँदा तयारी मासुको मूल्य ३८० देखि ४०० रुपैयाँ प्रतिकिलो हाराहारी थियो । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले गत साता मात्रै ब्रोइलर कुखुराको कोल्ड स्टोर मूल्य किलोमा १० रुपैयाँले बढाउने निर्णय गरेको थियो । जस अनुसार बजारमा ब्रोइलर कुखुराको कोल्ड स्टोर मूल्य प्रतिकिलो ३१० रुपैयाँ पुगेको थियो ।

सरकारले के गर्दैछ ?

Advertisement 2

चिकेन होलिडे निस्प्रभावी बनाउन तालुकदार निकाय वाणिज्य विभागले तत्कालिन समयमा कुनै काम गर्न नसकेको उपभोक्ता अधिकारकर्मी बताउँछन् । बजार अनुगमनको मुख्य जिम्मेवारी पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने मासुको मूल्यबारे भर्खरै बजारबाट सूचना संकलन गरेको जनाएको छ ।

प्रकाशित :२०८० असार २०, बुधबार १७:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry