इमान गुमाएका सुवासचन्द्र नेम्बांङको फेरियो बोली :-‘प्रधानमन्त्रीलाई संसद विघटन गर्नुहुन्न भनेको थिएँ’

संविधानको मर्म र भावना विपरित प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गर्दा प्रधानमन्त्री ओलीको कदमलाई समर्थन गर्नेमा पर्दथें पूर्व सभामुख नेम्बांङ ।
आशा लाग्दा अनुहारहको रुपमा हेरिएको नेम्बाङले आफ्नो राजनीतिक बाध्यतासामु इमान बन्धकी राखे । ५ पुसमा प्रधानमन्त्री ओलीले असंवैधानिक रूपमा जब संसद् विघटन गरे नेम्वाङ संविधानको बचाउको पक्षमा उभिएनन् बरु प्रधानमन्त्रीको कदमको बचाउ गरे । प्रधानमन्त्रीलाई काम गर्न नदिएपछि संसद् विघटनको विकल्प नभएको तर्क नेम्वाङले गर्दै आएका थिए । उनै नेम्बाङले फेरि कुरा बदलेका छन् ।

Advertisement 1

संविधानसभा अध्यक्ष तथा नेकपा नेता सुवासचन्द्र नेम्बाङले नाटकीय रुपमा प्रतिक्रिया दिन थालेका छन् । सर्वोच्चले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदम अवैध ठहर गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले प्रतिनिधिसभा विघटन नगर्न सुझाव दिएको उनले प्रतिक्रिया छ ।

बुधबार एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै नेम्वाङले भने,‘ ‘पत्रकारहरूसँगको कुराकानी र विभिन्न कार्यक्रममा अहिलेको विषयमा मैले बोलेको थिएँ । सर्वोच्च अदालतमा विचाराधीन विषयमा प्रवेश गरेपछि कानुनको विद्यार्थीको नाताले संसद्मा बहससमेत गर्न नपाउने संवैधानिक प्रावधान भएकाले मैले त्यसबारे नबोलेको हुँ ।’

Advertisement 2

सर्वोच्चमा रिट पर्नुअघि नै प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन नगर्न सुझाव दिए पनि नमानेको नेम्बाङको भनाई छ । ‘प्रधानमन्त्रीज्यूले मेरो बाध्यता भयो, मसँग अरू विकल्प भएन भन्नुभयो । यो कानुनी र राजनीतिक रूपमा ठीक हुँदैन है प्रधानमन्त्रीज्यू भनेर मैले भनेको हो, मिडियामा पनि केही कुरा त आएकै हुन्,’ उनले भने ।

प्रकाशित :२०७७ फाल्गुन १२, बुधबार १२:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry