पहिलो अधिवेशनमै ठेकेदार सांसद ८ दिन गयल

संसद् बैठकमा उपस्थित भएर नीति निर्माणमा सहभागी हुनु र जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउनु सांसदको जिम्मेवारी नै हो । तर, रसुवावासीले निर्वाचनबाट जिताएर संघीय संसद बनाएर पठाएका इ मोहन आचार्य विना सूचना आठ दिन संसद बैठकमा अनुपस्थित रहेको विवरण संघीय संसद सचिवालयले दिएको छ ।

Advertisement 1

रसुवाका ठेकेदार सांसद मोहन आचार्य प्रतिनिधि सभाको पहिलो अधिवेशनमा ८ दिन गयल भएको संघीय संसद सचिवालयले जनाएको छ । २५ पुसदेखि १५ वैशाखसम्म चलेको प्रतिनिधिसभाको पहिलो अधिवेशनमा संघीय संसद मोहन आचार्य आठ दिन गयल भएका हुन । प्रतिनिधि सभाको पहिलो अधिवेशन पुसमा दुई, माघमा आठ, फागुनमा चार, चैतमा नौ र वैशाखमा ६ गरी २९ दिन बैठक चलेको थियो सोमध्ये ८ दिन उनी गयल भएका हुन ।

पहिलो अधिवेशनमा आचार्य ७२ प्रतिशत उपस्थित र २८ प्रतिशत गयल भएका हुन ।

Advertisement 2

प्रतिनिधिसभा नियमावलीले एक दिन पनि अनुपस्थित रहँदा पूर्वसूचना दिनुपर्ने व्यवस्था गरेको छ । तर आचार्य सूचना नै नदिइ आठ दिन गयल भएका हुन ।
आचार्यझैं आठ दिन गयल हुनेमा अब्दुल खान, अरुणकुमार चौधरी, कल्पना चौधरी, ईश्वरी घर्ती, गंगा कार्की, डिगबहादुर लिम्बू, निर्मला कोइराला, प्रकाश ज्वाला, , मञ्जु शर्मा अन्सारी, राजककिशोर यादव, वीरेन्द्रप्रसाद महतो, शोभा ज्ञवाली, सुरेन्द्रराज आचार्य र सूर्यबहादुर थापा क्षेत्री रहेका छन् ।

 

Advertisement 3

 

प्रकाशित :२०८० असार ६, बुधबार १४:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry