अनि प्रचण्ड माधवले मनाए खुसीयाली….
प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले विघटन गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पक्षधरहरु नेताहरुले खुसीयाली मनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको ७० औं वर्थ डे कै दिन सर्वाेच्चले संसद पुनर्स्थापना गर्ने फैसला भएपछि नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड नेपाल समूहले देशभरि खुसीयाली मनाइरहेको छ।
Advertisement 1
सर्वोच्चको निर्णयलाई ऐतिहासिक भन्दै उनीहरुले सडकमा निस्किएर खुसियाली मनाएका हुन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णय बदर गरिदिएको छ । मंगलबार सर्वोच्चले प्रधानमन्त्रीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर गर्दै संसद बैठक १३ दिनभित्र बोलाउन आदेश दिएसँगै चितवनमा रहेका उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ुप्रचण्डु र माधवकुमार नेपालले एकअर्कालाई लड्डु खुवाएर खुसी साटेका छन्।
Advertisement 2
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधि विघटन गरेकी थिइन् । ओलीको कदम असंवैधानिक रहेको भन्दै सर्वोच्चमा अलग–अलग १३ वटा रिट निवेदन दर्ता भएको थियो । ती सबै रिटलाई एकसाथ हेर्दै डेढ महिनादेखि संवैधानिक इजलासमा सुनुवाई हुँदै आएको थियो ।