स्टिकरदेखि लाहासम्म किन्दै निर्वाचन आयोग :- खरिदका लागि १४ करोडको ठेक्का
सरकारले आगामी वैशाख १७ र २७ मा निर्वाचनको मित तय गरेको छ ।
Advertisement 1
प्रतिनिधि सभा बिघटनका कारण सर्वाेच्च अदालतले कस्तो निर्णय दिन्छ टुंगो नलाग्दै आयोगले झण्डै १४ करोड बराबरको मतदान केन्द्रमा प्रयोग हुने विभिन्न सामग्री खरीदका लागि बोलपत्र आह्वान गरेको छ । आयोगले विभन्नि ११ समूहमा समूहीकृत गरी बोलपत्र आह्वान गरेको हो ।
आयोगद्धारा जारी सूचना अनुुसार छपाइसम्बन्धी (मतपेटिका स्टिकर र परिचयपत्र०, छपाइसम्बन्धी) पोलबुक तथा कार्ड, सुरक्षण सिल र रबर म्याट, स्वस्तिक छाप९रबर र पित्तल०, नउड्ने मसीको मार्कर, छेकाबारा, स्ट्याम्प प्याड र मसी, सोसर, प्लाष्टिक थैलो र बोरा, फोटोकपी पेपर, ग्लुष्टिक तथा कोरा कपडा र थैलो, स्ट्याप्लर मेशिन र पिन, स्केल तथा कैँची, जेलपेन (कालो र रातो), मार्कर पेन, पञ्चिङ मेशिन र लाहा खरीदका लागि बोलपत्र आह्वान गरिएको हो ।
आयोगले मतपेटिका मात्रै १ करोड २५ लाख रुपैयाँमा खरिद गर्दैछ । तयस्तै पोलबुक र कार्ड खरिदकालाग ४० लाख रुपैयाँ खर्च गर्ने तयारी गरेको छ । स्ट्याम लेटरप्याडका लागिभन्दै २ करोड १० लाख रुपैयाँ खर्च गर्ने जनाइएको छ ।
Advertisement 2
जेलपेन र रातोमसिको लागि २ करोड खर्च गर्दैछ । सुरक्षण सिल र रबर म्याटकालागि २ करोड खन्याउँदैछ । छेकाबाराका लागि पनि २ करोड रुपैयाँ खर्च गर्दैछ ।
फोटोकपी पेपर, ग्लुस्टिक तथा कोरा कपडा र थैलोको लागि १ करोड ५० लाख रुपैयाँको प्रस्ताव छ । फागुन ११ गते गोरखापत्रमा सुचना छापेर आयोगले खरिदको ठेक्का आह्वान गरेको हो । तीन आर्थिक वर्षको औसत कारोवारको न्यूनतम अङ्कलाई आधार मानेर ती समाग्री खरीदका लागि रु १४ करोड चार लाख मूूल्यबराबरको सामग्री खरीदका लागि बोलपत्र आह्वान गरिएको सूचनामा जनाइएको छ ।