कर्मचारी सेवक भन्दा बढी शासक बन्न खोजे : सहमहामन्त्री राठौर

प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले नेता र कर्मचारी जनताको सेवक बन्नुपर्नेमा जोड दिएका छन् । नेपालगन्जमा आयोजित सुशासनका लागि साक्षात्कार कार्यक्रममा बोल्दै सांसद राठौरले नेता र कर्मचारी सेवक भन्दा बढी शासक बन्न खोजेको आरोप लगाए ।

Advertisement 1

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलद्वारा आयोजना र लुम्बिनी प्रदेश आन्तरिक, कानुन तथा सहकारी मन्त्रालयको सहयोगमा बाँकेको कार्यक्रममा सांसद राठौरले सङ्घीयतालाई पूर्ण रूपमा कार्यान्वयन गर्न सबै जिम्मेवार बन्नुपर्ने बताउँदै देशलाई सम्वृद्धिको बाटोमा लैजान सबै अनुशासित बन्नुपर्ने बताए । राठौरले देशको प्रमुख चुनौती नै भ्रष्टाचार भएकाले त्यसको समाधानका लागी आफ्नो काम कर्तव्य प्रति जिम्मेवार र उत्तरदायी बन्नुपर्नेमा जोड दिए । उनले चिल्ला गाडीमा चढ्न र काठमाडौँमा घर किन्न राजनीति गरेको नभई जनताको सेवक सेवा गर्न राजनीतिमा आएको बताए ।

प्रकाशित :२०८० जेष्ठ ३०, मंगलवार १३:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry