मन्त्रालयगत बजेट सूचना प्रणाली बन्द

आगामी आर्थिक वर्ष २०८० /८१ को बजेटको तयारीका क्रममा मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) बन्द भएको छ ।
अर्थ मन्त्रालयका अनुसार सचिवस्तरीय निर्णयबाट ११ जेठ (बिहीबार)देखि १६ जेठसम्मका लागि यो प्रणाली बन्द गरिएको हो । सरकारले १५ जेठमा आगामी आर्थिक वर्ष २०८०/ ८१ को बजेट संघीय संसदमा सार्वजनिक गर्नेछ ।

Advertisement 1

वार्षिक बजेट प्रणालीमा आवद्ध रहेर सरकारी स्रोतबाट कार्यान्वयन हुने गरी तय गरिएका सबै कार्यक्रमको तयारी र त्यसका लागि आवश्यक बजेट विनियोजन कार्य सहज बनाउन विकास गरिएको प्रणाली एलएमबीआईएस हो । नयाँ बजेटको तयारीमा लाग्नु पर्ने भएसँगै यो अवधिमा प्रणाली बन्द गर्नु परेको मन्त्रालयको भनाइ छ ।

प्रकाशित :२०८० जेष्ठ ११, बिहीबार १९:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry