पूर्वगृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ

पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार इन्द्रजित राईलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएका प्रहरी टोलीले उनलाई ललितपुरको सुनकोठीबाट पक्राउ गरेको हो ।

Advertisement 1

नक्कली भुटानी शरणार्थी घटनामा अनुसन्धान गर्न राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सिताराम रिजालले जानकारी दिए । उनले भने,‘इन्द्रजित राई पक्राउ परेका छन् । संठठित अपराध तथा ठगि मुद्यामा उनी विरुद्ध अनुसन्धान गर्नु पर्ने देखियो । त्यसो हुँदा उनलाई पक्राउ गरिएको हो ।’

राई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा मुछिएका थिए । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको अभियोगमा प्रहरीले केशव दुलाल, सागर थुलुङ राई, टेक गुरुङ र सानु भण्डारीलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । अनुसन्धानका क्रममा राई पनि संलग्न रहेको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Advertisement 2

घटनामा राईका छोरा निरज राईको पनि संलग्नता रहेको खुलेको छ । उनीहरु विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा अनुसन्धान भइरहेको छ ।

उनीहरुले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान ८ सय ७५ नेपाली नागरिकसँग रकम असुलेको अनुसन्धानबाट खुलेको छ । १० देखि १५ लाख रुपैयाँका दरले उनीहरुले रकम असुलेको प्रहरीको भनाई छ ।

प्रकाशित :२०८० बैशाख १९, मंगलवार १२:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry