एकीकृत सरकारी कर्मचारी संगठनको अध्यक्षमा विष्ट,यस्तो बन्यो १५० सदस्यीय नयाँ कार्यसमिति
एकीकृत सरकारी कर्मचारी संगठन, नेपालको अध्यक्षमा गगनसिंह विष्ट चयन भएका छन् । नेकपा एकीकृत समाजवादी निकट कर्मचारी संगठनको प्रथम केन्द्रीय अधिवेशनबाट अध्यक्षमा विष्ट सहितका कार्यसमिति सर्वसहमत चयन भएको हो ।
Advertisement 1
सृजनशील प्रशासन–समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ यही फागुन २६ र २७ गते भक्तपुरको बोडेमा सम्पन्न भएको प्रथम राष्ट्रिय अधिवेशनले विष्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । संगठनको १५० सदस्यीय नयाँ कार्यसमिति बनेको छ । अध्यक्ष १,सह अध्यक्षमा शरण कुमार गुरुङलाई सर्वसहमत चुनिएको संगठनले जनाएको छ । यस्तै, बरिष्ठमा १ नं याम बहादुर खत्री र २ नं मा चेतनाथ न्यौपाने चयन भएका छन् । खुला उपाध्यक्ष दिनेश लम्साल निर्विरोध चयन हुँदा महिला उपाध्यक्षसहित ४ जना अन्य उपाध्यक्ष, सातै वटा प्रदेशका प्रदेश उपाध्यक्ष पनि संगठनले चयन गरेको छ । आदिवासी जनजाती,श्रेणीविहिन,पिछडिएको क्षेत्र,अस्थायी करार,प्रदेश र स्थानीय तह उपाध्यक्षको व्यवस्था समेत सो संगठनले गरेको छ । संगठनका उपाध्यक्षको संख्या १९ जना बनाइएको छ । यस्तै महासचिवमा प्रकाश राई चयन भएका छन् । ३ जना उपमहासचिव,१७ सचिव छानिएका छन् ।
केन्द्रीय सदस्यमा ८५ जना अटाइएको छ ।
वर्ष दिन अगाडिमात्र स्थापना भएको संगठनको संयोजकका भूमिकामा थिए मोहन घिमिरे । उनी केही महिना अघिमात्र उपसचिवमा बढुवा भएका छन् । ०५४ सालदेखि पेशागत क्षेत्रमा नेतृत्वदायी भुमिकामा रहँदै आएका घिमिरे सर्बसम्मत नेतृत्व हस्तान्तरण गरी एकीकृत सरकारी कर्मचारी संगठनको ट्रेड युनियनको सक्रिय नेतृत्वबाट अलग भएको जनाएका छन् ।
Advertisement 2