सिइओको छनौंट चल्दै गर्दा अध्यक्षले दिए राजीनामा
कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदका लागि ५ जनाको नाम सर्ट लिष्टिङमा परेको छ । बैंकका सिइओ अनिलकुमार नेपालको कार्यकाल सकिएपछि रिक्त रहेको प्रमुख कार्यकारी पदका लागि २२ जनाले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट आवेदन दिएकामध्ये ५ जनाको नाम सर्ट लिष्टिङमा परेको बैंकले जनाएको छ ।
Advertisement 1
सर्ट लिष्टिङमा पर्नेमा क्रमशः गोविन्द गुरुङ, प्रताप सुवेदी, यज्ञ प्रसाद न्यौपाने, बद्रि गुरागाईं र विष्णुदेव यादव रहेका छन् । भोलि उनीहरुको अन्तर्वार्ता लिइने सूचनामा जनाइएको छ ।
उता कृषि विकास बैंकका अध्यक्षले राजीनामा दिएका छन् । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको जोडबलमा कृषि विकास बैंकको अध्यक्ष बनेका रमेश दवाडीले राजीनामा दिएका छन्।
Advertisement 2
अध्यक्ष दवाडीको योग्यतामाथि प्रश्न उठेपछि उनी राजीनामा दिएर बाहिरिएका हुन । बैंक तथा वित्तीय सम्बन्धी ऐनअनुसार अध्यक्ष हुनका लागि कम्तीमा ३ वर्षको कार्यअनुभव चाहिने भए पनि दवडाीसँग उक्त योग्यताको अभाव रहेको बिषय पेचिलो रुपमा उठेपछि अध्यक्ष दवाडीले हिजै पदबाट राजीनामा गरेका हुन ।