३३ अधिकृत उपसचिवमा बढूवा,सबैलाई शत प्रतिशत अंक

निजामती सेवामा बढुवा हुने विभिन्न तरिका मध्येको एक हो कार्य सम्पादन र मूल्याङ्कन अर्थात कासमू । यो बढूवा प्रणाली वैज्ञानिक र पारदर्शी नभएको बेला बेलामा कर्मचारी वृत्तबाट आवाज सुनिन्छ ।
कासमू बढुवा प्रणाली अन्तरगत कर्मचारीले गरेको कामको सम्पादनको स्तर मापन गर्ने प्रणाली हो । विगतमा भ्रष्ट्राचार मुद्धामा डामिएकादेखि कमजोर कार्यसम्पादन भएका कर्मचारीहरु पनि यही प्रणालीबाट बढूवा भएका प्रशस्त उदाहरण छन् ।

Advertisement 1

यही प्रणाली अन्तरगत सामान्य प्रशासन समूहका २८ र लेखा समूहका ५ जना गरी  ३३ जना शाखा अधिकृतलाई एकै पटक उपसचिव उकाल्नका लागि बढुवा सिफारिस समितिले सिफारिस गरेको छ ।

बढुवा सिफारिस समितिको हिजो बसेको बैठकले राजपत्राङ्कित तृतीय श्रेणीबाट राजपत्राङ्कित द्वितीय श्रेणीमा बढुवाका लागि ती अधिकृतहरूको नाम सिफारिस गरेको हो ।

Advertisement 2

कार्यक्षमता मूल्यांकनद्वारा हुने बढुवाका लागि सिफारिस भएकामध्ये २८ जना सामान्य प्रशासन समूह र ५ जना लेखा समूहका रहेका छन् ।उनीहरु सबैले शत प्रतिशत अंक पाएका छन् ।

सामान्य प्रशासन समूहअन्तर्गत बाबुकृष्ण ढकाल, सीताराम खड्का, मुक्तिनाथ सुवेदी, जिवनचन्द्र राई, राजेधरी खत्री सापकोटा, धर्मगुज न्यौपाने, ओमप्रसाद पाण्डे, अर्जुनबहादुर थापा, पदमलाल लामिछाने, किरणनिधि तिवारी, माधवप्रसाद अधिकारी, बसन्त न्यौपाने, दत्तराज हमाल, कैलासबहादुर ठकुराठीको सिफारिस गरिएको छ ।

Advertisement 3

त्यस्तै, दीपकप्रसाद न्यौपाने, जगदीश अर्याल, लोकप्रसाद रेग्मी, जित्तबहादुर भण्डारी, नारायणप्रसाद भट्टराई, कृष्णप्रसाद पौडेल, कमलप्रसाद पुन, पदमप्रसाद अर्याल, नारायण न्यौपाने, ढुविन्द्रप्रसाद बराल, पुरुपोत्तम घिमिरे, अधिनकुमार पोखरेल, पवनराज कोइराला र महेन्द्र विश्वकर्माको पनि सिफारिस गरिएको हो ।

लेखा समूहअन्तर्गत राजनकुमार फुयाल, थमनारायण शर्मा, मार्कण्डप्रसाद बराल, वीरेन्द्रप्रसाद घिमिरे र भुपेन्द्रबहादुर मल्लको सिफारिस गरिएको जनाइएको छ ।

प्रकाशित :२०७९ माघ १०, मंगलवार १०:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry