मन्त्रिपरिषदले पूर्णता पाउँदै, दिउँसो १ बजे शपथ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । मबार बसेको सत्ता साझेदार दलले मन्त्रालयको भागबण्डा मिलाएको थियो। नयाँ मन्त्रीहरुको शपथ दिउँसो १ बजे हुने तय गरिएको छ ।
Advertisement 1
सहमति अनुसार गठबन्धनको सबैभन्दा ठूलो दल एमालेले ८ वटा मन्त्रालय पाउने भएको छ । त्यस्तै माओवादी केन्द्रले प्रधानमन्त्रीबाहेक ४ वटा मन्त्री र एक राज्यमन्त्री पाएको छ भने राप्रपाले ३ मन्त्री र एक राज्यमन्त्री पाएको छ ।त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ३ मन्त्री र एक राज्यमन्त्री पाउनेछ भने जनमत पार्टीले एक मन्त्री पाउने सहमति भएको हो ।
स्रोतका अनुसार राप्रपाले उर्जा, युवा तथा खेलकुद र शहरी विकास मन्त्रालय तथा एक राज्यमन्त्री पाएको छ। राप्रपा अध्यक्ष लिङ्देन उपप्रधानसहित उर्जामन्त्री हुने भएका छन्। त्यस्तै, राट्रिय स्वतन्त्र पार्टीले पनि उपप्रधानमन्त्रीसहित ३ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ। उपप्रधान एवं गृहमन्त्री सभापति रवि लामिछाने लिएका छन्। रास्वपाले शिक्षा र श्रम मन्त्रालय पाउने भएको छ।
Advertisement 2
एमालेले अर्थ, परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य र महिला बालबालिका मन्त्रालय पाउने सहमति भएको हो ।यस्तै माओवादीले भौीतक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला मन्त्रालय पाउने सहमति एको छ ।