अघि लागे रवि,पछ्याउँदै कृष्णभक्त
चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्। यसअघि दोस्रो स्थानमा रहँदै आएका लामिछानेले एमाले उम्मेदवार कृष्णभक्त पोखरेललाई उछिन्दै अग्रस्थानमा उक्लिएका हुन्।
Advertisement 1
कालिका–१ को मतगणना शुरू भएपछि लामिछाने मत बढ्न थालेको हो ।रविले पहिलो पटक अग्रता लिएका हुन ।
लामिछानेले ४ हजार ७ र एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत पाएका छन । कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४१० मत पाएका छन ।
प्रकाशित :२०७९ मंसिर ६, मंगलवार १५:४१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%