राजीनामा दिएका लामा कार्पु कांग्रेस निर्वाचन प्रचारप्रसार समिति सदस्यमा मनोनयन

Advertisement 1
प्रतिनिधि तथा प्रदेश सभाको टिकट वितरणमा ठेकेदार सांसद मोहन आचार्य एण्ड कम्पनीले एकलौटी गरेको भन्दै रसुवा काँग्रेसका नेता लामा कार्पुले पदबाटै राजीनामा दिए ।
महिना दिन अघि नेपाली काङ्ग्रेस रसुवाले प्रतिनिधि सभा तथा प्रदेश सभाको टिकट वितरण गर्दा कार्यकर्ताको भावना बिपरित एकलौटी ढंगले टिकट वितरण गरिएको प्रती घोर आपत्ति प्रकट गर्दै उनले नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय बोर्ड सदस्य र नेपाली काङ्ग्रेस प्रदेश कार्यसम्पादन समितिको सदस्य पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।
पटक पटक रसुवा जिल्लाको पार्टी सभापती सभापति चलाएका, बागमती प्रदेश सदस्य, प्रदेश संसदीय बोर्ड सदस्य, प्रदेश कार्यसम्पादन समिति सदस्य समेत रहेका सिनियर ब्यक्तिलाई अपमान गर्दै काँग्रेसले कनिष्ठलाई टिकट दिएसँगै संगठनमा आफ्नो योगदान र त्यागको मुल्यांकन नभएको ठहर गर्दै उनले नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय बोर्ड सदस्य र नेपाली काङ्ग्रेस प्रदेश कार्यसम्पादन समितिको सदस्य पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । राजीनामा दिएको महिना दिनपछि नेपाली काँग्रेसले उनै लामा कार्पुलाई कांग्रेस निर्वाचन प्रचारप्रसार समितिमा मनोनयन गरेको छ ।
Advertisement 2
नेपाली काँग्रेसले २९१ सदस्य मनोनयन गर्दा रसुवाबाट लामा कार्पु मनोनयनमा परेका हुन ।
Advertisement 3
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय निर्वाचन प्रचारप्रसार समितिमा सदस्य मनोनयन गर्दा राजीनामा दिइसकेका लामा कार्पु मनोनयनमा परेका हुन ।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९, केन्द्रीय प्रचार प्रसार समितिमा २९१ सदस्य मनोनयन गर्दा लामा कार्पु रसुवाबाट मनोनयनमा परेका छन् । यस समितिको संयोजक प्रवक्ता प्रकाशशरण महत छन्।
हेर्न बाँकी छ,टिकट वितरणमा मनोमानी भएको भन्दै राजीनामा दिएका लामा कार्पुले नेपाली काँग्रेसका उम्मेद्धारलाई प्रचार प्रसार समितिमा बसेर सघाउँछन वा सघाउँदैनन् ।