सभामा उपस्थितलाई देखाउँदै माधव नेपालले भने :- यो त काष्टिङ मात्रै हो
नेपाल कम्युनिष्ट पार्टी नेकपा माधव प्रचण्ड समूहका अध्यक्ष माधवकुमार नेपालले आफूहरु आदेशमात्र गरिरहने प्रधानमन्त्री केपी शर्मा ओलीको दास नभएको बताएका छन् । आज काठमाडौंमा आयोजित प्रदर्शनपछि सभालाई सम्बोधन गर्दै नेपालले पुस ५ मा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको र त्यो असंवैधानिक भएकोले ‘कू’ भएको बताएका छन्।
Advertisement 1
उनले काठमाडौंमा उपस्थित सभालाई कास्टिङमात्रै भएको बताए।आजको उपस्थितिले जनआन्दोलनको झझल्को दिइरहेको छ।
२०६२/६३ मा जसरी जनता आन्दोलित भएका थिए। त्यस्तै झल्को दिएको छ। त्यसैले मैले भनेको यो कास्टिङ मात्रै हो नेपालले भने।
Advertisement 2
ओली हिटलरको नेपाली रूप भएको आरोप पनि उनको छ। हिटलरकै बाटोमा ओली हिँडेकोले विरोध गर्नुपरेको नेपालको भनाइ छ।
‘बालुवाटारमा बैठक भनेर हामी कुरेर बस्थ्यौँ, उहाँ आउनु हुन्थेन’ नेता नेपालले भने, ‘एकछिनपछि ओलीको आदेश आउँथ्यो । आज बैठक क्यान्सिल । आदेश, आदेश, आदेश ।’
Advertisement 3
सरकारको नेतृत्वका लागि पठाइएका ओलीले पार्टीलाई नटेर्ने गरेको बताउँदै नेपालले भने, ‘पार्टीले सरकारलाई निगरानी गर्छ । नगरपालिकामा कस्तो काम भइरहेको छ ? निगरानी गर्छ । हामीले आश्वासन कम बाँड्नोस्, काम गरेर देखाउनुहोस् भनेका थियौँ । उहाँले पार्टीलाई टेर्दै टेर्नु भएन ।’
‘अरिंगाल र साइबर सेनालाई ख्याल रहोस् सूर्य चिन्ह ल्याउने म यहाँ जीवितै छु,’ उनले भने।