एकीकृत समाजवादी रसुवाबाट प्रतिनिधि र प्रदेश सभाका उम्मेद्धार सिफारिस

आगामी ४ मंसिरमा हुन लागेको संघ र प्रदेश सभाको निर्वाचनका लागि उम्मेवारको नाम सिफारिस गर्नेमा रसुवा जिल्लाबाट सबैभन्दा पहिलो दल बनेको छ नेकपा एकीकृत समाजवादी पार्टी । आगामी ४ मंसिरमा हुन लागेको संघ र प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेद्धारको नाम सिफारिस गरेर पठाएको छ । रसुवा जिल्लाबाट संघीय निर्वाचनका लागि प्रत्यक्षतर्फ शिव लामिछाने,रामशरण न्यौपाने र अम्बिका अधिकारीको नाम प्रतिनिधि सभा सदस्य उम्मेद्धारका लागि सिफारिस गरेको हो । पार्टीका जिल्ला कमिटी सचिव तथा संगठक समेत रहेका हुँदा पार्टीले शिव लामिछानेलाई नै टिकट दिने प्रवल सम्भवना छ ।

Advertisement 1

यस्तै संघ (समानुपातिक)तर्फ भरत बगाले,साङतेम्बा तमाङ,कमला लामिछाने र रामकुमार देवकोटाको नाम सिफारिस भएको पार्टीले जनाएको छ ।

यस्तै प्रदेशसभा (क) बाट बिष्णु देवकोटा, भिमलाल थिङ,लक्ष्मीदेवी भट्ट र प्रदेश सभा (ख) बाट सुजय लामा,राम प्रसाद न्यौपाने र श्रृजना न्यौपानेको नाम सिफारिस हुँदा प्रदेशबाट समानुपातिकतर्फ रसुवा एकीकृत समाजवादीले  गंगा विश्वकर्मा भिमलाल थिङ,लक्ष्मीदेवी भट्ट र प्रदेश सभा (ख) बाट संजय लामा,राम प्रसाद न्यौपाने र श्रृजना न्यौपानेको नाम सिफारिस हुँदा प्रदेशबाट समानुपातिकतर्फ रसुवा एकीकृत समाजवादीले गंगा विश्वकर्मा (बगाले),ठाकुर प्रसाद पौडेल र दावा तामाङ स्याङबो तमाङको नाम सिफारिस भएको नेकपा एकीकृत समाजवादी रसुवाले जनाएको छ ।

Advertisement 2

एकीकृत समाजवादी पार्टी रसुवामा संगठन र पार्टी बिस्तारमा समेत आक्रामक बनेका छ । उस्ले हिजै मात्र जिल्ला उपाध्यक्षमा दावा तामाङ (गोसाईकुण्ड ३) लाई चयन गरेको छ । यस्तै गत सातामात्र एकीकृत समाजवादी पार्टी जिल्ला समिति रसुवाले नेपाल कृषि मजदुर संगठन जिल्ला कमिटी गठन गरेको थियो । पार्टीले प्रदीप लामिछानेको नेतृत्वमा कृषि मजदुर संगठन गठन गरेको हो । कृषि मजदुर संगठन रसुवाको उपाध्यक्ष, सचिव र उपसचिव क्रमश निर्मला न्यौपाने, रामहरि न्यौपाने र काजीबहादुर घले चयन भएका छन् भने सदस्यहरूमा कमलबहादुर घले, बुद्धि घले,लकिया तामाङ र समेमकाजी गुरुङ रहेका छन् ।

बैठकले अप्सरा रिजालको अध्यक्षतामा अखिल नेपाल महिला संघ पनि गठन गरेको छ । उपाध्यक्षमा सीताकुमारी न्यौपाने, सचिव लक्ष्मी रेग्मी भट्ट र कोषाध्यक्ष सावित्री ढुङ्गेल रहेका छन् । श्यामा छेकी तामाङ, चिनीमाया विश्वकर्मा, मिया स्याङमो तामाङ, पासाङ तामाङ र भगवती धमला सदस्य चयन भएका छन् ।

Advertisement 3

केन्द्रीय उपाध्यक्षसमेत रहेका बागमती प्रदेश इन्चार्ज केदार न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा केन्द्रीय सदस्य साङ्तेम्पा तामाङ,राष्ट्रिय परिषद सदस्य तथा नेपाल कृषि मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष उत्तरबहादुर खड्का, बाग्मती प्रदेश सदस्य भरत बगाले,राष्ट्रिय परिषद सदस्यहरु यादव गजुरेल र गङ्गा विश्वकर्मालगायतको उपस्थिति रहेको एकीकृत समाजवादी रसुवाले जनाएको छ ।

प्रकाशित :२०७९ भाद्र १२, आईतवार १२:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry