नागरिकता विद्येयक प्रमाणीकरण नगरी सदनतिरै फिर्ता पठाउने शीतल निवासको तयारी
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक संसद्मै फिर्ता पठाउने तयारी थालेकी छन्। प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भइ प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको विधेयक संसदमै फर्काउने तयारी शितलनिवासले गरिरहेको स्रोतले जनाएको छ । राष्ट्रपति भण्डारीले नागरिकता विधेयकका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला, महान्यायाधिवक्ता खम्मबहादुर खातीलगायतसँग छलफल गरेकी छन्। विभिन्न राजनीतिक दलका नेता र नागरिक समाजसँग पनि उनले नागरिकता विधेयकका विषयमा छलफल गरेकी छन्।
Advertisement 1
संसदबाट गएका कुनै पनि विधेयक १५ दिनभित्र प्रमाणिकरण हुनुपर्ने अन्यथा संसदमा फिर्ता गरिने कानुनी आधार छ । नागरितका विद्येयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगेका १३ दिन बितेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयक आज वा भोलि नै प्रमाणीकरण नगरी फिर्ता पठाउने सम्भवना बढेर गएको छ । संविधानले संसदका दुबै सदनबाट पारित भएको विद्येयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गर्ने र पेश भएको १५ दिनभित्र प्रमाणीकरण गरी त्यसको सूचना यथासम्भव चाँडो दुवै सदनलाई दिनुपर्ने व्यवस्था छ। अर्थ विधेयकबाहेक अन्य विधेयकमा पुनर्विचार हुनु आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागे पेस भएको १५ दिनभित्र सदनमा फिर्ता पठाउन सक्ने व्यवस्था पनि संविधानमा गरिएको छ।
सोही व्यवस्था अनुसार राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गर्ने तयारी गरेकी हुन ।