आजदेखि एक हप्ता काठमाडौंको फोहोर नउठ्ने

काठमाडौंबाट फोहोर संकलन अनियमित बन्दै गएका बेला आजबाट एक हप्ता ठप्प हुने भएको छ ।

Advertisement 1

नुवाकोटको सिसडोलदेखि बञ्चरेडाँडा ल्यान्डफिल साइटसम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले एक साता फोहोर व्यवस्थापनको काम रोकिएको काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै जनाएको हो ।

योसँगै एक साताका लागि उपत्यकाको फोहोर संकलन ठप्प भएको छ ।

Advertisement 2

बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म मात्रै ल्यान्डफिल साइट खुल्ने गरेको थियो । जसकारण उपत्यकाको फोहोर नियमित उठन सकेको थिएन ।

प्रकाशित :२०७९ श्रावण ५, बिहीबार १०:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry