अन्तर्घात गरेको भन्दै जसपा प्रदेश सांसद निष्काषित

जनता समाजवादी पार्टी नेपालले स्थानिय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै प्रदेश सांसदसहित २ जनालाई निष्कषान गरेको छ ।

Advertisement 1

जिल्ला कार्यसम्पादन समिति महोत्तरीेले प्रदेश सांसद कौशलकुमार यादव र संघीय शिक्षक  फोरम महोत्तरीका अध्यक्ष कौशलकुमार यादवलाई साधारण सदस्यतसमेत नहुने गरी निष्काषन  गरेको हो ।
‘गत ३० बैशाखको स्थानिय तहको निर्वाचनमा पार्टीका जिम्मेवार ब्यक्तिहरुले गरेको क्रियाकलाप माथी कार्यसम्पादन समितिको निर्णयवाट पार्टीको अन्तरिम बिद्यान–२०७७ को परिच्छेद–३ सदस्यता सवन्धि व्यवस्था धारा १० को बुदाँ २ र परिच्छेद–८ को अनुशाषनको कार्यवाहीको धारा ४९ को बुदाँ १, २, ३, र ६ आकृष्ट भएको हुदाँ आजैको मितिवाट साधारण सदस्यतावाट समेत निष्काषन गरेको व्योहोरा जानकारीका साथ अनुरोध छ’ जिल्ला अध्यक्ष रामप्रकाश यादवले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।

महोत्तरी–४ (क)वाट प्रदेश सांसद रहेका यादवले स्थानिय तहको निर्वाचनमा आफनै पार्टीका उम्मेदवारहरुलाई हराउन लागेको तथा बिपक्षी दलका नेताहरुलाई सहयोग गरेको आरोप लाग्दै आएको बेला उनलाई निष्काषन गरेको हो । स्थानिय तह निर्वाचनमा अन्र्तघात गरेको भनेर निष्काषनमा पर्ने यादव पहिलो र एक्ला सांसद हुन ।

Advertisement 2

प्रकाशित :२०७९ असार २०, सोमबार ०८:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry