एकीकृत समाजवादीले बुझायो नयाँ मन्त्रीको नाम, पर्यटनमा श्रेष्ठ, शहरी विकासमा चौधरी

नेकपा एकीकृत समाजवादीले पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने भएको छ । आइतबार बसेको सचिवालय बैठकले पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिन लागेको हो ।

Advertisement 1

समाजवादीले पुराना मन्त्री फिर्ता बोलाउने निर्णयसँगै नयाँ मन्त्री को को बन्लान् भन्ने चासो बढेको छ । पार्टी नेताहरुका अनुसार नयाँ मन्त्री छान्ने जिम्मेवारी पार्टी शिर्ष नेताहरुलाई  दिएको छ ।

श्रोतका अनुसार अब भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नेछन् भने जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन् । त्यस्तै हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्नेछन् ।

प्रकाशित :२०७९ जेष्ठ २२, आईतवार १६:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry