हरेक नेपालीको टाउकोमा ६३ हजार ३ सय रुपैंया ऋृण

नेपालीको टाउकोमा जन्मनेवित्तिकै ६३ हजार ३ सय रुपैंया ऋृणको भार पर्ने भएको छ । अर्थ मन्त्री जनार्दन शर्माले शनिबार संसदमा पेश गरेको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार, प्रति व्यक्ति सार्वजनिक ऋृण ६३ हजार ३ सय पर्ने भएको हो । सरकारले चालु आर्थिक बर्षको फागुनसम्म्मा १८ खर्ब ४८ अर्ब १९ करोड रुपैयाँ कर्जा लिएको छ। सो ऋृणलाई नेपालको कूल जनसंख्याले भाग गर्दा प्रत्येक नेपालीको भागमा ६३ हजार ३०० रुपैयाँ सार्वजनिक ॠण तिर्नु पर्ने भएको हो।
शनिवार सार्वजनिक गरिएको सर्वेक्षण अनुसार,नेपाल सरकारले देशभित्रबाट लिएको ८ खर्ब ६३ अर्ब १९ करोड रुपैयाँ ॠण र देश बाहिरका विभिन्न निकायबाट लिएको ९ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँ ऋण तिर्न बाँकी छ ।यस्तै चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आम्दानी १ हजार ३ सय ८१ डलर हुने अनुमान गरिएको छ । सर्वेक्षण अनुसार नेपालीको प्रतिव्यक्ति आम्दानी १० दशमलव ८ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको हो ।

Advertisement 1

यस वर्ष नेपालको अर्थतन्त्रको आकार ५ दशमलव ८४ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

प्रकाशित :२०७९ जेष्ठ १५, आईतवार ०८:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry