प्रधानमन्त्रीज्यू, आँट गर्नुस्, संघीयता खारेज गर्नुस्

नेकपाकी नेतृ निरूदेवी पालले संघीयता खारेज गर्नु पर्ने धारणा राखेकी छन् । विघटित संघीय सांसद रहेकी पालले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो धारण सार्वजनिक गरेकी हुन् ।
उनले लेखेकी छिन्, सम्माननीय प्रधानमन्त्रीज्यू आँट गर्नुस्, संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसदको सिट १०५, केन्द्रको मन्त्रिमण्डल बढीमा १५, सदस्यीय र भ्रष्टाचारीलाई जेलका कालकोठरीमा सडाउने आँट गर्नुस्। नेपाली जनताको मनमस्तिष्कमा सधैं बस्नु हुनेछ। मेरो व्यक्तिगत विचार ।
उनी ओली क्याम्पको नेतृ,पाल बिघटित संसदको महिला तथा बालबालिका समितिको सभापति समेत हुन् ।
Advertisement 1

।यस अघि २०७२ सालमा ओली प्रधानमन्त्री हुँदा पाल प्रधानमन्त्रीको सल्लाहकार समूहमा समेत रहेर काम गरिसकेकी । त्यस समय उनी प्रधानमन्त्री ओलीको जनसम्पर्क सल्लाहकार थिईन् ।
प्रदेश नेताहरुलाई जागिर खुवाउने थलोमात्र भएका कारण नेताहरूलाई जागिर खुवाउने थलोमात्रै भएको कारण स्थानीय तहलाई अधिकार दिएर प्रदेश खारेज गर्नुपर्ने उनको धारणा छ ।