मन्त्रिपरिषद् विस्तारविरूद्ध रिटमा सुनुवाइ स्थगित

प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तारलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ।
गत पुस १३ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता लोकन्द्र ओली र अधिवक्ता केशरजंग केसीले दर्ता गरेको रिटको पेशी आजको लागि तोकिएको थियो । रिटमाथिको सुनुवाई हेर्न नभ्याउने भएपछि आजलाई स्थगित भएको हो । उक्त रिटमाथिको सुनुवाइ भोलिलाई तोकिएको छ ।
गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेपछि सात मन्त्रीहरुले राजीनामा दिएका थिए । ती स्थानमा आठ मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका थिए ।
Advertisement 1
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस १० मन्त्री थपेका थिए ।प्रतिनिधिसभा नभएको अवस्थामा संविधानभन्दा बाहिर गरिएको मन्त्रिपरिषद् तत्काल बदर गर्न रिटमा माग गरिएको छ ।
									
										प्रकाशित  :२०७७ पुष १५, बुधबार १४:०५																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

 
								

 
										



 
 
                             
 
                             
 
                             
 
                             
 
                            


 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                