केपी ओलीले इतिहासमै कलंकको टिका लगाए, हामीलाई जनताको हिरो बनाईदिए

नेकपा (प्रचण्ड–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले कलंकको टिका लगाएर आफुलाई हिरो बनाईदिएको टिप्पणी गरेका छन् ।
Advertisement 1
सोमबार जनसंस्कृतिक महासंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले केपी ओली पराजित भई कलंकको टिका लगाएर आफुलाई विजयी बनाएको बताएका हुन् । ‘केपी ओली पराजित हुनुभयो । इतिहासमा उहाँ कलंकित हुनुभयो । कलंकको टीका लगाउनुभयो । हामी विजय भयौँ,’ उनले भने ।
प्रचण्ड र माधव नेपाल सडकमा पलेँटी कसेर बाटोमा जाँदा ल यिनीहरु सडकमा पुगे भनेर हाँसो उडाएको बताए । ‘हामी सडकमा पुगेको होइन । हामी जनतामा गएका हौँ । केपी ओली सामन्ती शासक श्री ३ महाराजधिराज जंगेको बाटोमा हिँड्नुभयो । हामीलाई जनताको हिरो बन्ने बाटो मिल्यो, त्यस दिनबाट उहाँको पराजय र हाम्रो विजय यात्रा सुरु भयो,’ उनले भने ।
Advertisement 2
उनले अहिले पूर्व माओवादीका नेताहरु ओली पक्षमा लागेको भन्दै वैशाखपछि फर्किएर आफ्नै पार्टीमा आउनेसमेत बताए । ‘केही साथी उता गए भनेर चिन्ता लिनुपर्दैन । हिजो पनि यस्तो हुन्थ्यो । हेर्नुहोला वैशाखपछि उनीहरु फर्किन्छन् । अन्त जाने ठाउँ हुन्न । अनि हामी अलि फराकिलो दिल भएका माफी दिइहाल्छौँ । स्वागत गरिहाल्छौँ ।’
उनले प्रतिनिधिसभा विघटन नभएको समेत दाबी गरे । ‘सदन विघटन भएको छैन । विघटन भएको भनेको केपी ओलीको सरकार हो । उसले जसरी प्रतिनिधिसभाको हत्या भयो भनेको छ, त्यस्तो होइन । प्रतिनिधिसभा जिवित छ,’ उनले भने ।
Advertisement 3
प्रचण्डले संविधानलाई व्याख्या गर्ने अदालतले भएको भन्दै अदालतले छिटोभन्दा छिटो संसदको बैठक सुरु गर्न आदेश दिने विश्वास समेत व्यक्त गरे ।