मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुन्छः प्रवक्ता ज्ञवाली

नेकपाका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले मन्त्रिपरिषद् पुर्नगठन छिट्टै नै हुने बताएका छन्। नेकपाभित्र चलेको अन्तरद्धन्द र प्रतिनिधिसभा पुर्नगठन पछि सरकारका ७ जना मन्त्रीहरुले यही ५ पुसमा राजीनामा दिएका थिए ।
मन्त्री ज्ञवालीका अनुसार केन्द्रीय कमिटी बैठक सकिएलगतै मन्त्रिपरिषद् विस्तार हुनेछ।

Advertisement 1

ज्ञवालीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ प्रधानमन्त्री नभएको स्पष्ट पार्दै भने प्रधानमन्त्री काम चलाउ होइन, ‘फुलफेज’ प्रधानमन्त्री नै हो’, उनले भने।

उनले अब पार्टीको एकमात्र एजेण्डा सङ्गठन विस्तार र निर्वाचनको तयारी रहेकोसमेत बताए। बैठकले यसअघि पार्टीको कार्यकारी अधिकार पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिइएकामा त्यो फिर्ता लिएको छ। उनले अर्को पक्षले गर्ने आन्दोलनको कुनै अर्थ नभएको स्पष्ट पारे। ‘जनमत जुटाउन जान छोडेर आन्दोलनका नाममा जनतालाई थप पीडा दिनु भनेको जनताबाट पलायन हुनु हो’, उनले भने, ‘उहाँहरूलाई म आग्रह गर्न चाहन्छु त्यो आन्दोलनको निर्णय फिर्ता लिनुहोस्।’

Advertisement 2

अहिलेका प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपाको ६४ प्रतिशत संसदमा रहेकाले प्रधानमन्त्रीमाथि दलको विश्वास नटुटेको बताए। ‘अहिले नेकपा पार्टी विभाजन भएको छैन। संसदमा ६४ प्रतिशत सांसद् रहेको दल अहिले पनि रहेको छ। उनीहरुले प्रधानमन्त्रीलाई विश्वास गरेको अवस्था छ’, प्रवक्ता ज्ञवालीले भने। उनले विघटन भएको संसभित्र संसदीय दल नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलबाट हटाउने कुरै नआउने बताए। प्रवक्ता ज्ञवालीले अहिले प्रदेश सरकारबारे केही सोच नबनाएको समेत स्पष्ट पारे।

प्रकाशित :२०७७ पुष १०, शुक्रबार ०७:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry