कुलमान घिसिङकी पत्नी बनिन् राप्रपाको उपाध्यक्ष
नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङकी पत्नी दीपा राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङको उपाध्यक्षमा चयन भएकी छन्। राप्रपा धादिङका अध्यक्ष ध्रुव खनालले कार्यसमिति सदस्यहरूबाट पदाधिकार मनोनयन गर्ने विधान अनुसार तामाङ उपाध्यक्षमा चयन भएकी हुन्। राप्रपाका अनुसार तामाङलाई धादिङको रुबिभ्यालीबाट प्रतिनिधित्व गर्ने गरी पार्टीको जिल्ला उपाध्यक्ष बनाइएको हो।
Advertisement 1
राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङले माघको दोस्रो साता १८ जना मनोनीत गर्दै ४७ जनाको जिल्ला कमिटी बनाएको छ। राप्रपा धादिङले जिल्ला अधिबेशनमा निर्वाचित २९ जना र विधान अनुरुप मनोनित १८ जना गरी ४७ जनाको जिल्ला कमिटी बनाएको छ।
प्रकाशित :२०७८ फाल्गुन १२, बिहीबार १०:४१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%