ओली पहिलेदेखि नै संविधानप्रति बफादार थिएनन्, त्यसको पुष्टि अहिले भयो :- गगन थापा

प्रधानमन्त्री केपी ओली पहिलेदेखि नै संविधानप्रति बफादार नरहेको कांग्रेस नेता गगन थापाले बताएका छन् ।

Advertisement 1

प्रधानमन्त्री ओलीले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेपछि थापाले प्रधानमन्त्रीको ‘असंवैधानिक कदम’ भएको बताउँदै ओली पहिलेदेखि नै संविधानप्रति बफादार नरहेको बताएका हुन् ।
उनले प्रधानमन्त्री ओलीले लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक कदम भएको बताएका छन्।

उनले भनेका छन् ‘ ‘ओलीको अहंकार, अयोग्यता र पुर्नपुष्टि मात्र भएको हो। उहाँले आफ्ना निम्ति जनु हदसम्म पनि जान सक्नुहुन्छ भन्ने हामीले लगाउने आरोप पुष्टि गर्नुभयो।’

Advertisement 2

संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ। प्रधामन्त्रीलेले लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ। यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे ब्याख्या भए पनि ३ वर्ष अगाडी जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससँगै सकिएको छ।‘

प्रकाशित :२०७७ पुष ५, आईतवार १२:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry