संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री पुगे शीतल निवास
संसद विघटनका लागि सिफारिस गरेलगत्तै राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओलीले शितल निवास पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गर्ने मन्त्रिपरिषदको निर्णय लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका हुन् । आज बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेर प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेका थिए । सोही निर्णयअनुसार प्रधानमन्त्री ओली सिफारिस लिएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुगेका हुन् ।
Advertisement 1
सरकारले सिफारिस गरेअनुसार राष्ट्रपतिले विघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ ।
प्रकाशित :२०७७ पुष ५, आईतवार ११:४८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%