प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक,के के छन एजेण्डा ?
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । साँझ ६ बजेका लागि डाकिएको बैठकमा मंगलबार ल्याएको संवेधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज लगायतको एजेण्डा उपर छलफल हुनेछन् ।
Advertisement 1
क्याविनेट बैठक अघि उनले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। आजै साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी सो बैठक आह्वान गरिएको हो ।
प्रधानमन्त्रीले आज साँझ ५ बजे संवैधानिक परिषद् र त्यसलगत्तै साँझ ६ मन्त्रिपरिषद् बैठकसमेत आह्वान गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलय स्रोतले जनाएको छ ।
Advertisement 2
प्रधानमन्त्री अोलीले गत मंगलबार ल्याएको उक्त अध्यादेश बुधबार फिर्ता लिएका थिए । प्रधानमन्त्री अोलीले बिहीबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेपछि अध्यादेश फिर्ता लिन मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
प्रकाशित :२०७७ पुष २, बिहीबार १५:०९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%