डिएसपी थापालाई एक पछि अर्को सफलता
अन्जान कुमार हिमाली
Advertisement 1
दुईदिन अघिसम्म घरमै देखिएकी क्व्होलासोथर गाउँपालिका- ९ की ५९ वर्षीय बुद्धिमाया भन्ने बिमाया विक हराइन् । गाँउलेहरुले उनका नजिकका आफन्तहरुलाई पनि सोध खोज गरे कसैले देखें आएको बताएनन् । गत भदौ २० गते देखि हराएकी विकको २३ गते घरको ढोका खोलिहेर्दा मृत्य अवस्थामा फेला परिन् । गाउँलेले प्रहरीलाई खबर गरे । खबर पाउन साथ डिएसपी गंगाबहादुर थापा सहितको टोली घटनस्थल मुख्यमन्त्रीको गाउँ गिलुङ्ग पुग्यो । घटना मुचुल्का गर्दा टाउकोमा गहिरो चोट देखियो । प्रहरीले यकिन गर्यो नियोजित हत्या । डिएसपी थापाले प्रहरी जवान दीपक गिरीलाई हत्यारा पत्ता लगाउन जिम्मा लगाएर जिल्ला फर्के । लमजुङ प्रवेश देखिनै डिएसपी थापाले चालेका अप्रेशन फेल खाएका थिएनन् । अनुसन्धानमा राम्रो दखल राख्ने थापाले ढुक्क त थिए छिटो भन्दा छिटो अपराधी पत्ता लाग्ने मा । त्यसमा पनि मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङको गाउँ । चुनौती स्पोर्टमा कुनै इभिडेन्स थिएन ।
मृतकका श्रीमान् ५ वर्ष पहिले बितेका । छोरा बुहारी मध्यनेपाल नगरपालिकाको रामबजार बस्दै आएका । घरमा उनी एक्लै । उनकोमा छिमेकी पदमबहादुर आउजाउ बाक्लै । सरसहयोग उनैले गर्ने । यही क्रममा गाउँलेहरुले पदम बहादुरलाई बलात्कारको आरोपमा १५ सय जरीवाना गरी मिलापत्र पनि गराएका थिए । गाउँलेले मात्रै हैन वडा अध्यक्ष नन्दजंग गुरुङ समेतले प्रहरी अनुसन्धानलाई प्रभावित पार्ने ढंगले पदमबहादुर विकलेनै हत्या गरेको हुन सक्ने दोषारोपण गर्दै थिए । प्रहरीले पदमलाई नियन्त्रणमा लिएर अनुसन्धानको थालनी शुरू गरे । पदमलाई प्रहरीले नियन्त्रण लिएर केरकारको डण्डा चलायो तर दोषी करार गर्ने कुनै सबूत फेला परेन । पदमले मारे मार्नु मैले कुनै गल्ती गरेको छैन भन्दै हात उठाए । डिएसपी गंगाबहादुर थापा सजक पनि थिए । निर्दोष फस्न हुन्न भन्नेमा उनको दुईमत थिएन तर वडा अध्यक्ष नन्दजंग गुरुङ समेतले पदम बाहेक हत्यारा अरु हुन् नसक्ने जिरह पेश गरेपनि अनुसन्धानलाई युटर्न गरे । गाउँले सबैसंग सोधपुछ भयो तर हत्यारा को टुंगो लाग्ने छाँट देखिएन ।
Advertisement 2
डिएसपी रवीन्द्र गुरुङको पालामा सुन्दरबजार नगरपालिका की सीता भुजेलको बन्चरो प्रहार गरी हत्या अभियुक्त अझै फेला परेको थिएन । त्यो घटनाको पनि उनले अनुसन्धान गरिरहेका थिए । सफल हुन सकिरनहेको बेला फेरि महिलाको हत्याले पुन्पुरो नखाने कुरै भएन । तर डिएसपी थापाले गाउँलेको कुरा सुनेनन् उनलाई यकिन भयो पदम हत्यारा हैन् । उनले अनुसन्धानको डण्डा घुमाए । बिलबहादुर बिक बिमायाको देवर । दाजु बिते देखिनै सम्बन्ध खटपट । जग्गाको विवाद तपशीलमै । बिमायाको आँगनको पर्खाल भत्किएर बिलबहादुरको आँगनमा थुप्रिए पछि निहुँको मेलो बन्ने नै भो । तर बिमायाले तिनै पदमलाई भनेर पर्खाल उकासिन । सोधपुछमा बिलबहादुर मात्रै । प्रहरी जवान दीपकले नियन्त्रणमा लिएर लौ दाइ भाउजुको हत्या तपाईंले नै गर्नु भएको रैछ थाहा भयो बरु सबै कुरा नलुकाई भन्नु भनेर कुरा खोतल्ने क्रममा सबै कुरा बक्न थाले । भाउजुको जग्गा खान पापको खिचडी पकाउँदै गरेका बिकले भदौ २० गते राति करिब ९ बजे भाउजु बिमायालाई टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको सकारे।
साउदी कतार मलेसिया लगाएत खाडी मुलुकमा झण्डै ९/१० वर्ष बिताएका ५७ वर्षीय बिल बहादुर अहिले पुर्पक्षका लागि कारागार चलान भएका छन् । भने हत्या अभियोगमा कैद फैसला भएर फरार अभियुक्तहरु भने धमाधम डिएसपी थापा जालमा पर्दै छन् । २०६४ वैशाख १५ गते बिहान १० बजे तिरको समय साविको ढोडेनी गा.वि.स. वडा नं. ७ हालको दोर्दी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष २५ की पिचौटी गुरुङ घाँस काट्न जङ्गल गएको अबस्थामा सोही ठाउँको सिमि गाउँमा बस्ने तत्काल बर्ष-१८ की हाल ३२ बर्ष पुगेकी पदमी गुरुङको सहित तीनजनाको समुह एक्कासि जाईलागे ।
Advertisement 3
पदमी गुरुङ बिबाहित लोग्ने विदेश । यही क्रममा उनको बिलबहादुर गुरुङ्गसंग हिमचिम । बिलबहादुरले पदमी लाई भन्दा पिचौटीलाई मन पराउने । पदमी बिबाहित पनि भएकोले पिचौटीलाई नै बिहे गरेर विदेश हिँडेका । विवाद त्यहीँबाट शुरू भयो मेरो केटासंग किन बिहे गरिस् भन्दै । आपसी बिबाद हुँदा पदमी गुरुङहरुले पिचौटीलाई ढुङ्गा र दाउरा प्रहार गरे । एक्ली पिचौटीले प्रतिकार गरेपनि तीन जनासंग केहि लागेन अन्तत हत्या गरेरै छाडे । मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय लमजुङमा किटानी जाहेरी त दिए तर मुख्य अभियुक्त पदमी भने रातारात भाग्न सफल भइन् । तात्कालिक जिल्ला न्यायाधीश शिव प्रसाद भेलेले कर्तव्य ज्यान सम्बन्धी कसूरमा ९ बर्ष ६ महिना २१ दिन कैद हुने गरी फैसला थिए । तर पदमी भने भारत हुँदै ईराक पुगिन् । १२ वर्ष पछि खोला नी फर्कन्छ भने जस्तै १३ वर्षपछि गाउँ फर्केकी पदमीको सुुराक डिएसपीको कानमा पर्यो । डिएसपी गंगाबहादुर थापा जुन मुद्दाको फाईल पल्टाउँदै थिए प्रतिवादिको सुराकको खुराक आउँदा नहौसिने कुरै भएन । तत्काल नायब निरीक्षक आनन्द बस्नेतको नेतृत्वमा असई रञ्जन र जवान दीपक गिरीलाई तैनाथ गरे । खोज्ने २४ गते बिहान १ बजे सुतिरहेको अवस्थामा फिल्मी शैलीमा दोर्दी- ६ सिमि गाउँबाट पक्राउ परिन् । पक्राउ पर्ने कल्पना समेत नगरेकी पदमीलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।