ओलीले फेरि गरे वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पुनः राखेका छन् ।

Advertisement 1

बुधबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले पहिलो तहका चार जना नेता प्रधानमन्त्री भइसकेकाले अब वामदेवको पालो भएको बताएका हुन् । पहिलो तहमा प्रधानमन्त्री अ‍ोली, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल रहेका छन् ।

‘पहिलो तहका पाँच जना नेतामध्ये चार जना प्रधानमन्त्री भइसकेका छौं । अब वामदेवजीलाई बनाऔं’, प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै एक जना स्थायी कमिटी सदस्यले भने, ‘ उहाँलाई चुनावबाट ल्याउने कि अरु माध्यमबाट प्रधानमन्त्री बनाउने सामूहिक छलफल गरौं ।’

Advertisement 2

प्रधनामन्त्री अ‍ोलीले यसअघि पनि पटकपटक उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बन्न ‘अफर’ गरिसकेका छन् ।

प्रकाशित :२०७७ पुष २, बिहीबार ०७:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry