संसदको विशेष अधिवेशन माग गर्दै नेकपा सांसद शीतलनिवासमा, निवेदन लिन शीतलनिवासको आनाकानी
संसदको विशेष अधिवेशन माग गर्दै शितलनिवास पुगेका नेकपाका आह्वान गरिएको निवेदन रास्ट्रपति कार्यालयले दर्ता गर्न आनाकानी गरेको छ । झण्डै दुई घण्टादेखि त्यहाँ रुग्दा समेत राष्ट्रपति कार्यालयले निवेदन दर्ता गर्न मानिरहेको छैन् ।
संसद्को बिशेष अधिवेशन बोलाउन माग गर्दै नेकपाका ६८ असन्तुष्ट सांसदहरुको हस्ताक्षरसहित संसदको विशेष अधिवेशन बोलाउन मागसहितको पत्र लिएर राष्ट्रपति भवनमा पुगेका थिए । तर त्यहाँका सचिव डा हरि पौडेल भने मोबाइल बन्द गरेर आधा घण्टादेखि सम्पर्कबिहिन भएका थिए ।
Advertisement 1
असन्तृष्टहरुले विशेष अधिवेशनको तयारी गरेपछि पद धरापमा पर्न गएपछि प्रधानमन्त्री ओली संशकित बनेका छन् ।
बर्षे अधिवेशन चल्दाचल्दै सभामुखको जानकारीबेगर सरकारको यौटा चिठीका भरमा छ महिनाअगाडि रास्ट्रपतिद्वारा हठात स्थगित सँसदको हिउँदे अधिवेशन बोलाउने प्रयत्न शुरु भएको हो ।
Advertisement 2
यता भर्खरै नेकपा सांसद भीम रावल, पम्फा भुसालसहितको टोली सांसदहरूको हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै राष्ट्रपतिलाई हस्ताक्षर बुझाएका हुन्।
संविधानअनुसार प्रतिनिधिसभाका एक चौथाइ सांसदले विशेष अधिवेशन माग गरेर हस्ताक्षर सहितको निवेदन दिएपछि राष्ट्रपतिले संसद अधिवेशन बोलाउनुपर्छ । संविधानको धारा ९३ को उपधारा ३ मा विशेष अधिवेशनको माग गर्ने व्यवस्था छ।