सोल्टीमोडमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

Advertisement 1
काठमाडौं । काठमाडौंको सोल्टीमोडमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री एक बृद्धाको मृत्यु भएको छ ।
शनिबार बिहान साढे आठ बजे बा ८५ प ७१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी ती बृद्धाको ट्रमा सेन्टरमा उपचार भइरहेको थियो । उनको गएराति साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धादिङ घर भई हाल कालिमाटी बस्दै आएकी ७० वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको हो ।
Advertisement 2
सडकमा पैदल हिँडिरहेकी तामाङलाई मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित :२०८० चैत्र १८, आईतवार ०८:२३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%